चितवन, असोज २३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानन्यायाधीश चोलेन्द्र शमशरेर जवराको बचाउमा उत्रनु भएको छ । प्रधानन्यायाधीश जवराको कोटाबाट जेठान गजेन्द्र हमाल मन्त्री बनाउन सहमति जनाउनु भएका प्रचण्डले आज सोनिर्णयको बचाउ गर्दै अनावश्यक हल्ला गर्नुमा केही तुक नभएको बताउनु भयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान गजेन्द्र हमाल नियुक्त गर्नुभएको थियो । देउवाले कांग्रेस प्रजातान्त्रिक बनाउँदा हमाल नेपाली कांग्रेस बाँकेको सभापति थिए । त्यसपछि हमाल सक्रिय राजनीतिमा हुनुहुन्न । उहाँ सांसद पनि नभएको अवस्थामा परमादेशको पुरस्कार स्वरुप प्रधानन्यायाधीशको कोटामा मन्त्री नियुक्त गरिएको हो ।
हमाललाई मन्त्री नियुक्त गर्नु सही भएको प्रचण्डले बताउनु भयो । न्यायालयले भागबण्डा खोजेको हो ‘उहाँ कांग्रेसको पहिलाको अध्यक्ष नै हुनुहुन्थ्यो । नेपाली कांग्रेसकै कोटाबाट मन्त्री हुनुभाछ । होहल्ला गर्नु आवश्यक नै छैन । अनावश्यक हल्ला गर्नुमा केही तुक छैन,’ प्रचण्डले भन्नुभयो ।
पहिलो पटक संविधानसभा विघटन भएपछि हालको सत्तारुढ गठबन्धनले सेटिङको कुरा देशभर चलाएकाले त्यसैलाई कतिपयले भन्न मन लागेर भनेको तर मन्त्री नियुक्तिमा त्यस्तो सेटिङ नभएको प्रचण्डले दाबी गर्नुभयो । ‘त्यस्तो केही होइन । यहाँ केही सेटिङ छैन’, प्रचण्डले भन्नुभयो । उहाँको तर्कपछि गठबन्धनका सवै दलको सहमतिमा प्रधानन्यायाधीशलाई सरकारमा भागबण्डा गरिएको तथ्य उजागर भएको छ ।













प्रतिक्रिया दिनुहोस्