जनता टाइम्स

२३ आश्विन २०७८, शनिबार २०:२३

एउटै मञ्चमा दुई मन्त्रीबीच जुहारी, के बोलेको भन्दै किशान श्रेष्ठमाथि खनिइन रामकुमारी


तनहुँ, असोज २३ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबाट मन्त्री बन्नुभएकी सचिव रामकुमारी झाँक्री र किशान श्रेष्ठबीच एउटै मञ्चमा जुहारी चलेको छ । मन्त्री बनेपछि ब्रिफिङ लिनुको साटो पार्टी सचिवसमेत रहनुभएका शहरी बिकाशमन्त्री झाँक्रीलाई लिएर गृहजिल्ला तनहुँ आउनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठबीच जुहारी चलेको हो ।

श्रेष्ठ मन्त्री बनेको उत्सव मनाउन काठमाडौंबाटै तीन दर्जन युवाहरु लिएर आज झाँक्रीसहित गृहजिल्ला आउनु भएको थियो । गत निर्वाचनमा एमालेको सर्य चिन्हमा मतदान गरेका कुनै पनि कार्यकर्ता उपस्थित नभएपछि एकसय जनाबीच उत्सव मनाउनु भएका श्रेष्ठलाई कार्यक्रममा झाँक्रीले प्रश्नैप्रश्न तेस्र्याएर सचेत गराउनुभयो ।

कार्यक्रममा आफ्नै पार्टीका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठको ‘तनहुँमा विकासको लहर ल्याउनेु उद्घोषमा असहमति जनाउँदै भन्नुभयो, ‘तनहुँले मन्त्री पायो विकास यहीँ मात्र दौड्ने, हुम्लाले के गर्ने ? गुल्मीले मन्त्री पायो विकास त्यहाँ हुने, पर्वतले के गर्ने ? म सामाजिक न्यायको कुरा गर्छु । जहिलेदेखि राजनीतिलाई बदल्नुपर्छ भन्ने बुझे त्यहीँ बेलादेखि म न्यायोचित वितरण प्रणालीको पक्षमा छु ।’

यसअघि बोल्ने क्रममा मन्त्री श्रेष्ठले तनहुँमा बिकाशको लागि आफू केन्द्रीत हुने घोषणा गर्नुभएको थियो । उहाँको घोषणाबाट झाँक्री निकै चिढिनुभएको संबोधनको क्रममा देखिएको हो ।