जनता टाइम्स

२४ आश्विन २०७८, आईतवार १२:०६

मकवानपुरको बकैयामा कांग्रेस माओवादी त्यागेर २४५ जना एमाले प्रवेश


मकवानपुर, असोज २४ । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा विभिन्न पार्टी परित्याग गर्दै २ सय ५८ जना नेकपा एमाले प्रवेश गरेका छन् । बकैया ६ को गौतम बुद्ध पर्यटन पार्कमा एमाले निकट राष्ट्रिय युवा संघ, बकैया कमिटीको गाउँपालिका स्तरीय भेलामा विभिन्न स्वतन्त्र व्यक्ति र विभिन्न पार्टी परित्याग गर्दै २ सय ५८ जना एमालेमा प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेहरुमा कांग्रेस नेताहरु रमेश लोप्चन, उत्तर घिसिङ, सोम बहादुर घिसिङ, कांग्रेसबाट मैयाँ कुमारी बस्नेत,संजय घलान,भिम बहादुर राउन,गोकुल बस्नेत,सम्झना तिमल्सिना,केदार घिसिङ,अमर बहादुर सत्याल, इश्वर ढुंगेल,बकैया(८ बाट रोसन थोकर,जीवन थोकर,रोस लामा,प्रेमा बहादुर लोप्चन,दल बहादुर खड्का हुनुहुन्छ ।

यस्तै माओवादी केन्द्रका मानबहादुर स्याङ्तान, माओवादी केन्द्रका संगम राई, फुलमाया मोक्तान, विकल थिङ,बाट बाबुलाल थिङ,वीर बहादुर तामाङ,प्रेम बहादुर भोम्जन,मनमाया भोम्जन,पासाङ घिसिङ एमाले प्रवेश गर्नूभएको हो । यसैगरी राप्रपाका बकैया ३ राप्रपाका राजन दुलाललगायतका नेताहरु एमाले प्रवेश गर्नुभएको हो । कार्यक्रममा स्वतन्त्र बसेका विशाल प्रजा,विर बहादुर प्रजा,राजेश प्रजा पनि एमाले प्रवेश गर्नुभएको छ ।

नवप्रवेसीहरुलाई एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, एमाले प्रदेश सदस्यहरु कृष्णप्रसाद दाहाल,रामचन्द्र राई,कमल विष्ट,पद्मा पौडेल,जय बहादुर वाईवा,एमाले मकवानपुरका अध्यक्ष बद्री लम्साल,सचिवालय सदस्य दलबहादुर वाईवालगायतले स्वागत गर्नुभयो ।