जनता टाइम्स

२४ आश्विन २०७८, आईतवार १२:४३

सरकार बिस्तारसँगै जसपामा बबण्डर, प्रदेश २ का सचिव झाले दिए पार्टीको साधारण सदस्यबाटै राजीनामा


सप्तरी २४ असोज । जनता समाजवादी पार्टीको प्रदेश २ को मुख्यसचिव शम्भु झाले पार्टीक‍ो साधारण सदस्य समेतबाट राजीनामा दिनुभएको छ ।

‘पार्टीमा काम गर्ने मेरो योग्यता र क्षमता नभएकोले आजको मितिबाट म जसपाको प्रदेश मुख्यसचिव लगायत पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको कुरा राष्ट्रिय अध्यक्ष तथा प्रदेश अध्यक्षलाई यसै मार्फत जानकारी गराउन चाहन्छु,’ राजीनामा घोषणामा उहाँले भन्नुभएको छ ।

बाचुन्जेल अन्य कुनै पनि राजनीतिक पार्टीमा नजाने पनि उहाँले बताउनुभयो ।