जनता टाइम्स

२४ आश्विन २०७८, आईतवार १५:४३

देउवा-प्रचण्ड-माधव र चोलेन्द्रमाथि भीम रावलले उठाए गम्भीर प्रश्न


काठमाडौं, असोज २४ । एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका प्रमुख नेता र प्रधानन्यायाधीशमाथि गम्भीर प्रश्न उठाउनु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको कोटाबाट मन्त्री बन्नुभएका गजेन्द्र हमालले नैतिकताको आधारमा राजीनामा दिएपछि उहाँलाई मन्त्री बनाएर लोकतन्त्रको हुर्मत लिने प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका नेता र प्रधानन्यायाधीशले नैतिकता देखाउन सक्छन कि सक्दैनन भन्दै रावलले प्रश्न गर्नुभएको छ ।

एमाले उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नैतिकता देखाउनुपर्ने पनि बताउनु भएको छ । व्यापक विरोधपछि उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिएको भन्दै रावलले अब उनलाई मन्त्री बनाउने प्रधानमन्त्री देउवा, गठबन्धनका शीर्ष नेताहरू र प्रन्या चोलेन्द्र राणाले नैतिकता देखाउने आँट गर्नुहुन्छ कि गर्नुहुन्न ? भनि ट्विटरमा प्रश्न गर्नुभएको हो ।

‘व्यापक विरोध पछि मन्त्री गजेन्द्र हमालले त राजीनामा दिए अब निजलाई मन्त्री बनाउने प्रमं देउवा, गठबन्धनका शीर्ष नेताहरू र प्रन्या चोलेन्द्र राणाले नैतिकता देखाउने आँट गर्नुहुन्छ कि गर्नुहुन्नरु निहित स्वार्थमा विधि, प्रणाली र नैतिकता मिच्नेहरूले नै देशलाई संकटतर्फ धकेल्दै आएका छन,’ रावलले भन्नुभएको छ ।