जनता टाइम्स

२४ आश्विन २०७८, आईतवार २१:५९

भतिजाले गरे आफ्नै काकीको हत्या


गुल्मी, असोज २४ । गुल्मीको उर्लेनीमा भतिजले काकीको हत्या गरेका छन् । काकी रेसुंगा नगरपालिका १३ दुविचौरकी ५६ वर्षीया पार्वती विकलाई २५ वर्षीय भतिज प्रकाश विकले हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए ।

चिर्पट प्रहारबाट गम्भीर घाइते विकको गुल्मी अस्पताल तम्घासमा उपचारको क्रममा ज्यान गएको हो । हत्या आरोपित विकलाई प्रहरीले नियन्त्रण लिएको जनाएको छ । आज अबेर भएकाले शवको पोस्टमार्टम मंगलबार गरिने प्रहरी जनाएको छ ।