काठमाडौं, असोज २५ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले आफ्नै पद धरापमा परेको निश्कर्षसहित जेठानमन्त्री गजेन्द्र हमाललाई राजीनामा दिन लगाउनु भएको पाइएको छ । दसैंलगत्तै ठूलै संकट आउने दृष्य देखेपछि प्रधानन्यायाधीश जवराले आफ्नो कोटामा उद्योग, बणिज्य तथा आपुर्तिमन्त्री हमाललाई शनिवार साँझ नै राजीनामा दिन लगाउनु भएको पाइएको हो ।
असार २८ गते परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिई जननिर्वाचित केपी शर्मा ओली नेतृत्वको सरकार बिस्थापित गरेको पुरस्कारस्वरुप प्रधानन्यायाधीश जवराले मन्त्रिपरिषदमा भागबण्डा लिनुभएको थियो । दुई मन्त्री नभइ नहुने जवराको अडानपछि आफ्नै भाग खोसिने देखेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीशले सत्तामा भाग खोजेको सूचना बाहिर चुहाउनु भएको थियो ।
‘प्रधानन्यायाधीश दुई ओटा मुख्य मन्त्रालय नै चाहिने भनेर नाम दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहमा प्रचण्ड र माधवले सूचना बाहिर चुहाउनु भएको हो, एमाले अध्यक्ष त प्रधानमन्त्री हुँदा नै प्रधानन्यायाधीशले मन्त्री मागेको र नदिएबापत मन्त्रिपरिषद बिस्तारलाई नै खारेज गरिदिएको बिषयमा प्रष्ट हुनुहुन्थ्यो,’ बालुवाटार निकटस्रोतले जनताटाइम्स डटकमसँग भन्यो । स्रोतका अनुसार शुक्रवार बिहान पनि ताकेता गर्नुभएका प्रधानन्यायाधीश शनिवार साँझ पुग्दा भने निकै मर्माहत बन्नुभएको छ । अहिले आफैबिरुद्ध ठूलो संकट आउने भयो भनेर राजीनामा गराउनु भयो, मन्त्रीको नैतिकता भन्ने त कुरा मात्रै हो, यस्तो नैतिकता थियो भने शपथ नै लिने थिएनन ।
स्रोतका अनुसार मन्त्रिपरिषद् भागवण्डामासंकटमा पर्ने देखेपछि जबरा एक कदम पछाडि हटनुभएको हो । जेठान हमालले मन्त्री पदबाट राजिनामा दिएपछि तत्कालका लागि केही सहज हुने अनुमान प्रधानन्यायाधीश जबराको रहेको स्रोतले जनताटाइम्स डटकमसँग बतायो । प्रधानन्यायाधीशले ध्यान अन्यत्र मोडन राजीनामा गराए पनि उहाँले सोचेजस्तो अवस्था भने नरहेको सर्वाेच्चकै एक न्यायाधीशले बताए । हमालले राजीनामा दिँदैमा यो मुद्दालाई छोड्न नहुने राय सर्वाेच्चभित्रै बलियो छ । राजीनामाले प्रधानन्यायाधीश थप संकटमा परेको र सत्तारुढ गठबन्धनको आपराधिक खेल पनि भण्डाफोर भएको तर्क पनि उत्तिकै बलियो रुपमा उठेको छ ।
पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामाले प्रधानन्यायाधीशको लेनदेनप्रमाणित भएको भन्दै महाअभियोग लगाउनु पर्ने बताउनु भएको छ भने अन्य न्यायाधीशले पनि संबिधानमाथि बलात्कारको संज्ञा दिएका छन । ‘हमालको राजीनामाले लेनदेनको पुष्टि भयो, अब नैतिकताका आधारमा प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्छ, नदिए महाअभियोग लगाउनु पर्छ,’ सर्वाेच्चका ती न्यायाधीशले जनताटाइम्सको जिज्ञासामा भने । सत्तामा भागबण्डा प्रकरण खुलेपछि प्रधानन्यायाधीशबिरुद्ध आफ्नै सहयोगी समुह पनि चिढिएको छ । देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउन अभियान छेडेका सवैजसो बरिष्ठ कानून ब्यवसायी पनि यो प्रकरणमा कडा बिरोधमा उत्रिएका छन । जस्को कारण जवराा थप संकटमा पर्नुभएको छ ।
नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापा हमालको राजीनामा झनै लेनदेनको आरोप पुष्टि हुने सार्वजनिक अभिब्यक्ति दिइसक्नु भएको छ ।












प्रतिक्रिया दिनुहोस्