जनता टाइम्स

२५ आश्विन २०७८, सोमबार १०:३५

मोतिपुरको आतंकले सरकार सुकुम्बासीबिरोधी मात्रै होइन, हत्यारा हो भन्ने पुष्टी भयो : महेश बस्नेत


काठमाडौं, असोज २५ । एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतले सुकुम्बासीमाथि गोली बर्साउने सरकारी हर्कतको कडा निन्दा गर्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग्नुभएको छ । रुपन्देहीमा गृहमन्त्रीकै आदेशमा चार जना नागरिकको मृत्यु भएपछि नेता बस्नेतले यो सरकार जनताबिरोधी काममा लिप्त भएको र गृहमन्त्रीले आफ्नै जिल्लाका नागरिकमाथि गोली बर्साउन लगाएको बस्नेतले बताउनु भएको छ ।

‘दशैको मुखमा गृहमन्त्रीको आदेशमा उनकै गृह जिल्लाका ४ जना सुकुम्बासीको गोली हानी हत्या गरेको छ । दर्जनौं घाइते बनाएको छ। यो सरकार सुकुम्बासी बिरोधी मात्र होइन हत्यारा समेत हो भन्ने पुष्टी भएको छ,’ बस्नेतले भन्नुभएको ।

यस्तो छ बस्नेतको भनाई

गृहमन्त्री राजिनामा दे !
परमादेश पाएर सरकार बन्नासाथ भुमीहिन सुकुम्बासी आयोग भङ्ग गर्‍यो । दशैको मुखमा गृहमन्त्रीको आदेशमा उनकै गृह जिल्लाका ४ जना सुकुम्बासीको गोली हानी हत्या गरेको छ । दर्जनौं घाइते बनाएको छ। यो सरकार सुकुम्बासी बिरोधी मात्र होइन हत्यारा समेत हो भन्ने पुष्टी भएको छ । उधोग मन्त्री गजेन्द्र हमाल जत्तिको नैतिकता देखाएर राजिनामा दिने आँट गृह मन्त्री बालकृष्ण खाड संग छ कि छैन ? नत्र कुन मुखले त्यही क्षेत्रमा चुनावमा भोट माग्न जाने हो ? तिमीहरुले प्रतिगामी भनेको केपी सरकार हुन्थ्यो भने अहिले भुमिहिनलाई “जग्गा “ बितरण गर्थ्यो। तिम्रो कथित अग्रगामी सरकार छ र त अहिले भुमिहिनलाई “गोली “ बितरण गर्दै छ । त्यसैले जनता भन्दैछन् ‘तिम्रो कथित अग्रगामी सरकार मुर्दाबाद।’