जनता टाइम्स

२५ आश्विन २०७८, सोमबार १७:०९

आज थपिए ७८५ संक्रमित, १२ जनाले गुमाए ज्यान


काठमाडौं, असोज २५ । पछिल्लो २४ घण्टामा थप ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको सात हजार २३३ जनाको पीसीआर र चार हजार ९६२ जनाको एन्टिजेन गरी १२ हजार १९५ जनामा गरिएको परीक्षणका क्रममा ७८५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हाल देशभर १४ हजार ७८७ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा १२ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।