जनता टाइम्स

२५ आश्विन २०७८, सोमबार १९:३२

अखिलले माग्यो गृहमन्त्रीको राजीनामा (बिज्ञप्तीको पूर्णपाठ)



काठमाडौं, असोज २५ । एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले नागरिकलाई ताकी ताकी गोली हान्न निर्देशन दिने गृहमन्त्रीलाई तत्काल राजिनामा दिन माग गरेको छ ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आज विज्ञप्ति प्रकाशित गरी गृहमन्त्री बालकृष्ण खाँडलाई राजिनामा दिन आग्रह गर्नुभएको हो । अनेरास्ववियूले रूपन्देहीको मोतिपुरमा भएको गोलीकाण्डको निष्पक्ष छानविन गर्न माग गरेको छ ।