जनता टाइम्स

२६ आश्विन २०७८, मंगलवार १७:२३

शोकमा डुब्यो मुगु, बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुग्यो


मुगु, असोज २६ । मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ । आज बिहान सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ आएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ मा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८ पुगेको हो । दुर्घटनामा अन्य थुप्रै गम्भीर घाइते भएका छन । घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।