जनता टाइम्स

२६ आश्विन २०७८, मंगलवार १७:५६

काठमाडौंबाट दोलखाका लागि छुटेको बस सिन्धुपाल्चोकको सात किलोमा दुर्घटना, ३३ यात्रु घाइते


सिन्धुपाल्चोक,असोज २६ । काठमाडौंबाट दोलखा सदरमुकाम चरिकोटका लागि छुटेको बस लामोसाँघु जिरी सडक खण्डको ७ किलोमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।

बा ४ ख १८०२ नम्बरको काठमाडौंमा चल्ने कान्तिपुर यातायातको बस सडकबाट केही तल खसेको हो । जिल्ला प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतका अनुसार बसका चालक प्रहरीको नियन्त्रणमा छन् भने ३३ घाइतेमध्ये ३ को अवस्था गम्भीर भएपछि काठमाडौंका विभिन्न अस्पताल रिफर गरिएको छ ।

मोडमा रोकेर तातेको इन्जिनमा पानी हाल्न खोज्दा बस आफै गुडेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।