काठमाडौं, असोज २७ । नेकपा एमालेका सचिव योगेश भट्टराईले यसपालीको दशैं घुमघाम गरेर मनाउने बताउनु भएको छ । चाडपर्वको खाली समयमा घुमघामको योजना बनाएको पूर्वमन्त्री भट्टराईले बताउनु भयो ।
केही समयअघि आमाको निधन भएको कारण यसपटक दशैंका टीका छैन । सोही कारण घुमघाम गर्ने योजना बनाउनु भएको हो ।
‘यसपालि मेरो दसैँ छैन । आमा बित्नु भएको भएर । चाडपर्वको खाली समयमा घुमघामको योजना बनाएको छु । तर भाइरल ज्वरोले ग्रसित भएकाले स्वस्थ भएपछि जाने सोचमा छु,’ भट्टराईले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्