जनता टाइम्स

२७ आश्विन २०७८, बुधबार १२:३१

अवको चुनावमा माओवादीले जमानत पनि जोगाउन सक्दैन : शंकर पोरखेल (भिडियोसहित)


दाङ, असोज २७ । एमाले नेता शंकर पोखरेलले पुष्पकमल दाहाल, प्रचण्डको भ्रममा परेर पछि लाग्दै आफ्नो भविश्य बर्वाद नपार्न सवै माओवादी नेता कार्यकर्तालाई अपिल गर्नुभएको छ । गृहजिल्ला दाङस्थित नेकपा एमाले बबई गाउँपालिका कमिटीले आज आयोजना गरेको वडादशै, शुभ दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वोदन गर्दै लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्रीसमेत रहनुभएका एमाले स्थायी कमिटी सदस्य पोखरेलले यस्तो सुझाव दिनुभएको हो ।

‘पहिलो संबिधानसभामा माओवादी जताततै छायो, दोस्रो संबिधानसभामा आउँदाखेरी हरायो, स्थानीय चुनावमा जिल्लाभरी खोज्दा पनि कँही भेटिएन, पाहाडको टाकुरामा भेटियो, अवको निर्वाचनमा माओवादीले जमानत पनि जोगाउन सक्दैन, यो सच्चाइ हो,’ पोखरेलले भन्नुभयो । पोखरेलले प्रचण्ड षडयन्त्र गरेर सदैव नेतृत्व हत्याउने काममै सिमित रहेकोले सो पार्टी जनताको लागि नभई प्रचण्डको लागि मात्रै भएको पोखरेलले बताउनु भयो ।

सधैभरी आफू नेता भइरहनका लागि प्रचण्डले षडयन्त्र गरेको र अहिले पनि त्यस्तै षडयन्त्रमा रहेकोले प्रचण्डबाट अव उज्यालो होइन, अध्याँरो मात्रै हात लाग्ने बताउनु भयो । प्रचण्डले उत्तराधिकार घोषणा नगर्ने हुँकार गरेर माओवादीमा आफू बाँचुञ्जेल पार्टी नेतृत्वमा रहने घोषणा गरेको र माओवादीमा अरुको हैसियत नरहेको बताउनु भयो ।

पोखरेलले मुलुकमा तथ्यले नै एमाले अध्यक्ष केपी शर्मा ओली नेताका रुपमा स्थापित हुनुभएको कारण उहाँबिरुद्ध सवै लागेको बताउनु भयो । बिकास र समृद्धिको काम अघि बढाउँदा साँठगाँठ र षडयन्त्र गरेर केन्द्र र प्रदेश सरकारबाट हटाएको भन्दै पोखरेलले अव चुनाव हुँदा जमाना जफत हुने ठोकुवा गर्नुभयो । उहाँले भुलभुलैयामा परेर माधव नेपालतिर लाग्नेहरुको भविश्य त झनै समाप्त हुने ठोकुवा गर्नुभयो ।