जनता टाइम्स

२७ आश्विन २०७८, बुधबार १४:१८

उदयपुर माओवादीमा पहिरो, सचिवालय सदस्यसहित सिंगै गाउँपालिकाका नेता-कार्यकर्ता एमाले प्रवेश (सूचीसहित)


उदयपुर, असोज २७ । नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सचिवालय सदस्यसहित ६ दर्जन जिल्ला नेताहरु नेकपा एमाले प्रवेश गर्नुभएको छ । माओवादी केन्द्रका उदयपुर जिल्ला सचिवालय सदस्य तथा रौतामाई गाउँपालिकाका सहइञ्चार्ज दिपेन्द्र दाहालसहित सो गाउँपालिकाका ६ दर्जन नेताहरु आज नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

माओवादी केन्द्रले नेपाली जनताको न्याय र समृद्धि प्राप्तीको आन्दोलनमा अव काम गर्न नसक्नेनिश्कर्षमा पुगेर आफूहरु एमाले प्रवेश गरेको नेताहरुले बताउनु भएको छ । दाहालसहित जनाले सामुहिक बिज्ञप्ती जारी गरी नेपाली जनताको न्याय र समृद्धिकोआन्दोलनको नेतृत्व नेकपा एमालेले गर्ने सामुहिक निश्कर्ष निकाल्दै जनताको बहुदलीय जनवादलाई आत्मसाथ गरेर एमाले प्रवेश गरेको बताउनु भएको ।

यसरी पैवेश गर्नेहरुमा सचिवालय सदस्य दाहालसहित नेताहरु बिष्णुराज राई, एकबहादुर राया, मञ्जुकमारी कार्की, मदनबहादुर बरालसहित ६४ जना हुनुहुन्छ ।