जनता टाइम्स

२८ आश्विन २०७८, बिहीबार १२:५७

गृहजिल्ला झापामा अध्यक्ष ओली (फोटोफिचर)



झापा, असोज २८ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा आइपुग्नुभएको छ । बुद्ध एयरजको जहाजबाट बिहीबार मध्यान्ह १२ बजे अध्यक्ष ओली झापा उत्रनुभएको हो ।

अध्यक्ष ओलीलाई स्वागत गर्न प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्य, पूर्वमन्त्री हिक्मत कार्कीलगायतले स्वागत गर्नुभयो । अध्यक्ष ओलीसँगै पूर्वमन्त्री अग्नि खरेल, राष्ट्रिय सभा सदस्य कोमल ओली पनि झापा आउनुभएको छ ।

ओली आज आफैले आयोजना गरेको शुभकामना आदान प्रदान र चियापानका लागि गृहजिल्ला झापा आउनुभएको हो । बिगत २७ बर्षदेखि ओलीले आफ्नो गृहजिल्ला झापामा बिजया दशमीको नवमीको दिश चियापान कार्यक्रम आयोजना गर्दै आउनु भएको छ ।

तस्विर सौजन्य : चेतन अधिकारी