जनता टाइम्स

२८ आश्विन २०७८, बिहीबार १४:०८

ओलीको गृहजिल्लाबाट भीम आचार्यको गर्जन : देउवा सरकार टालाटुली बाटुली


झापा, असोज २८ । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शेरबहादुर देउवा नेतृत्वको सरकार टालाटुली बाटुली मात्रै भएको उदघोष गर्नुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज गृहजिल्ला झापामा आयोजना गर्नुभएको भएको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै एमाले सचिवसमेत रहनुभएका मुख्यमन्त्री आचार्यले देउवा सरकारलाई थोत्रा टाला गाँसेर बनाएको टिप्पणी गर्नुभएको हो ।

सरकार बन्नै तीन महिना लागेको उल्लेख गर्दै आचार्यले कहिले योजना बनाउने ? कहिले कार्यान्यन गर्ने ? भन्दै प्रश्न गर्नुभयो । उहाँले अफ्ठ्यारो स्थितिमा प्रदेश सरकार बनेको बताउँदै बहुमत जुटाउन प्रयासरत रहेको जानकारी पनि दिनुभयो । नेकपा एमाले फुटाउन गठबन्धन बनेको टिप्पणी गर्दै उहाँल कात्तिक ५ गते विश्वासको मत लिने जानकारी दिनुभयो ।