जनता टाइम्स

२८ आश्विन २०७८, बिहीबार १७:४९

रुवी खानलाई तत्काल रिहा गर्न र पुनः पक्राउ नगर्न सर्वोच्चको आदेश


काठमाडौं, असोज २८ । सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेकी महिला अधिकारकर्मी रुवी खानलाई तत्काल रिहा गर्न आदेश दिएको छ । अधिकारकर्मी मोहना अन्सारीले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि बिहीवार सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रुवी खानलाई तत्कालै रिहा गर्न र पुनः धरपकड र फक्राउ नगर्न सरकारलाई आदेश दिएको हो ।

बाँकेका दुई जना महिलाको हत्यारालाई कारबाहीको माग गर्दै समूहसहित नेपालगञ्जबाट २० दिन हिँडेर काठमाण्डौ आएकी रुवीलाई प्रहरीले पक्राउ गरेको थियो । उहाँलाई काठमाण्डौबाट पक्रेर प्रहरीले पुनः बाँके पुर्‍याएको थियो । रु​​वीले बाँकेको प्रहरी हिरासत र अस्पतालमा समेत आमरण अनशन सुरु गर्नुभएको थियो । उहाँलाई प्रहरीले बहुविवाहको मुद्दा लगाएको छ ।