जनता टाइम्स

२८ आश्विन २०७८, बिहीबार २१:४०

केपी ओलीको गृहजिल्लामा प्रण्चडको माओवादी थप कमजोर, प्रदेश कमिटी सदस्य नै एमालेमा प्रवेश


झापा, असोज २८ । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन । माओवादी निकट दलित मोर्चा झापाका सचिव ललित विश्वकर्मा आज नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

तीन दशक भन्दालामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय बिक नेकपा माओवादी प्रदेश नं १ प्रदेश कमिटीका सदस्यको जिम्मेवारीमा पनि हुनुहुन्छ । उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीमा स्वागत गर्नुभयो । बिकले माओवादी केन्द्र भाइ कांग्रेस बनेकोले एमाले रोजेको बताउनु भएको छ ।

माओवादी नेता बिक अध्यक्ष ओलीको निवासमा ओलीकै हातबाट अविर र खादा लगाएर विश्वकर्मा एमालेमा प्रवेश गर्नुभएको हो । प्रभावशाली नेता विश्वकर्माले माओवादी परित्याग गरे सँगै झापमा माओवादी निकै कमजोर भएको छ भने नेकपा एमाले झनै बलियो बन्न पुगेको छ ।