जनता टाइम्स

२९ आश्विन २०७८, शुक्रबार २०:४८

चीन र अमेरिकी राजदूतले सिकाए दसैं नमान्ने नेपाली नेतालाई सवक



काठमाडौं, असोज २९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,प्रचण्डलगायत नेपालका कतिपय नेताहरुले बिजया दशमीको टीका बहिस्कार गरिरहेको बेला नेपालस्थित चीन र अमेरिकाका राजदूतले टीका लगाएका छन । दुवै देशका राजदुतहरुले साइतमै दुतावासमा टीका लगाएका हुन ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी र चिनियाँ राजदूत होउ यान्छीले दसैंको टीका लगाएको तस्विर सामाजिक सञ्जालमै राख्नुभएको छ । दुवै राजदुतले विजया दशमीको टीका लगाएको र लगाइदिँदै गरेका तस्बिरहरू सामाजिक सञ्जालमा राख्नुभएको हो ।

बेरीले परिवार र साथीसंगीसँग दसैंका तस्बिर राख्दै अमेरिकी दुतावासको साइटमा लेखिएको छ, ‘तपाईंको दसैंवाला फ्यामिली फोटो एल्बम कस्तो देखिन्छ ? राजदूत बेरी, युएसएड मिसनका निर्देशक र परिवारका सदस्यहरूको भने यस्तो देखिन्छ।’

यसैगरी चिनियाँ राजदूत यान्छीले पनि आफ्नो ट्विटर अकाउन्टमा दसैंका तस्बिरहरू पोस्ट गर्दै लेख्नुभएको छ, ‘मेरा नेपाली सहकर्मीहरूसँग दसैं मनाउन पाएकोमा खुसी छु। सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य र उन्नतिको लागि मंगलमय शुभकामना व्यक्त गर्छु।’