जनता टाइम्स

३१ आश्विन २०७८, आईतवार ११:३९

सल्यानमै एक्लिन थाले प्रकाश ज्वाला : स्वकीय सचिवसहित समाजवादीतिर लागेका नेता-कार्यकर्ता एमालेमै फर्किए


सल्यान, असोज ३१ । नेकपा समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका स्वकीय सचिवसहित छत्रेश्वरी गाउँपालिकाका सवै नेता कार्यकर्ता एमालेमै फर्किएका छन ।

ज्वालाका स्वकीय सचिव रहनुभएका समाजवादीका जिल्ला कमिटी सदस्य एवं युवा संघ केन्द्रीय सचिबालय सदस्य खड्क शाही, जिल्ला कमिटी सदस्य हिरा चन्द र युवा संघ सल्यानका कोषाध्यक्ष सुरेन्द्र चन्दसहित समाजवादीतिर लागेका सवै नेता कार्यकर्ता एमालेमै फर्किनुभएको हो ।

उहाँहरुको यो निर्णयसँगै छत्रेश्वरी गाउँपालिका १ दमाचौर सल्यानमा समाजवादी रित्तो बनेको छ । ज्वालाको भ्रमबाट मुक्त भएको भन्दै उहाँहरु एमालेमै फर्कनुभएको हो ।