हेटौंडा, असोज ३१ । मकवानपुरको लामाबगरमा भएको टाटा सुमो दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य आठ जना घाइते भएका छन् ।
काठमाडौंबाट वीरगञ्जतर्फ जाने क्रममा ना १ ज ४५११ नम्बरको टाटासुमो गए राति मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ लामाबगरमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी काठमाडौं महानगरपालिका–१६ का ६२ वर्षीय विष्णुलाल श्रेष्ठ र पर्सा पोखरीया–७ का ४५ वर्षीय राम सहनीको मृत्यु गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइते चार जनालाई उपचारको लागि काठमाडौं पठाइएको छ । अन्यको हेटौँडामा नै उपचार भइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्