जनता टाइम्स

१ कार्तिक २०७८, सोमबार १४:४१

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलका दुई पटक भूकम्पको धक्का


काठमाडौं, कात्तिक १ । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर आज दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा ४.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ । केन्द्रका अनुसार २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० परकम्प गइसकेको छ ।