जनता टाइम्स

९ असार २०७६, सोमबार ११:३५

‘साईली’ पछी हेमन्तको ‘माया बस्यो है’ (भिडियो सहित)


‘साईली’ को अपार सफलता पश्चात् गायक हेमन्त रानाको स्वर रहेको गीत ‘माया बस्यो है’ सार्वजनिक भएको छ । गायक रानाकै शब्द तथा सङ्गीत रहेको गीत विशाल पौडेलले एरेन्ज गर्नुभएकाे छ । माया प्रेमको भाव बोकेको गीतको भिडियोमा हेमन्त राना, किरण चाम्लिङ राई र मेघा प्रधान फिचर्ड हुनुहुन्छ ।

हेमन्त राना, किरण चाम्लिङ राईको निर्देशनमा बनेको चलचित्रको भिडियोलाई लवेश श्रेष्ठले र रुबिन प्रधानले छायाङकन गर्नुभएकाे हाे । यसै गरी गीतको भिडियोमा दयाहाङ राईको विशेष उपस्थिति रहेको छ । एक चोटि देख्दैमा अनि यथार्थ नबुझेरै माया बसेको सोच्ने आजका युवापुस्ता माथिको मिठो व्यङ्ग्य समेटेर गीतको भिडियो निर्माण गरिएको छ ।