काठमाडौं, कात्तिक ३ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे शेरबहादुर देउवा नेतृत्वको बर्तमान सरकार सात दिनभित्र ढल्ने बताउनु भएको छ । एमाले वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले बर्तमान सरकारमा लोभीपापी मात्रै रहेको कारण उनीहरूलाई बिलो लगाउनेबित्तिकै सरकार ढल्ने ठोकुवा गर्नुभयो ।
‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा यो सरकार ढल्छ, यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं । लोभीपापीहरू छन्, दिए भइगो नि । ढलिहाल्छ नि । दिए सिद्धिने कुरा छ त्यहाँ,’ बर्तमान सत्ता गठबन्धनको चरित्र प्रष्ट्याउँदै ओलीले भन्नुभयो, ‘तर हाम्रो अभिष्ट सरकार बनाउने होइन । देश बनाउने र सरकार बनाउने कुरा फरक छ । हामी जित्ने, सरकार बनाउने कुरा किन गरिराखेका छौं भने जित्नका लागि । देश बन्ने निश्चित गरेरमात्रै हामी सरकार बनाउँछौं ।’
अध्यक्ष ओलीले आउँदो चुनावमा नयाँ मतदातालाई सूर्यमै भोट हाल्न लगाउने गरी लाग्न नेता कार्यकतालाई निर्देशन पनि दिनुभयो । नयाँ मतदाताले पहिलोपटक अन्त भोट हाले हात बिटुलिने उहाँको भनाई थियो । ‘नयाँ भोटरको पंक्तिलाई आकर्षित गर्नुपर्छ । उनीहरूलाई सूर्यमै भोट हाल्न लगाउनुपर्छ । अन्त हाल्यो भने बिटुलिन्छ । पहिलोपटक बिटुलियो भने फेरि वर्षौं लाग्छ,’ ओलीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्