जनता टाइम्स

४ कार्तिक २०७८, बिहीबार १६:३१

एमाले स्थायी कमिटी बैठक जारी (फोटो फिचर)


काठमाडौं, कात्तिक ४ । नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ । ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठान च्यासलमामा जारी बैठकमा पाँच वटा एजेण्डा तय गरिएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा मुख्यतः विधान महाधिवेशन समीक्षा, ६ कात्तिकमा हुने भनिएको वडा अधिवेशन, ९ कात्तिकमा हुने भनिएको पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै भएको अविरल वर्षका कारण भएको जनधनको क्षति सम्बन्धमा छलफल भइरहेको छ ।

तस्विर : न्यूज कारखाना