जनता टाइम्स

४ कार्तिक २०७८, बिहीबार १६:५५

चार थान भरुवा बन्दुकसहित दुई पक्राउ


जाजरकोट, ४ कात्तिक । शिवालय गाउँपालिकामा चार थान भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवालय गाँउपालिका–६ सुङ्गुरखालीका २९ बर्षीय नवीन शाही र २२ बर्षीय मनोज शाही रहेका छन् ।

शिकार खेल्दै गर्दा नवीन पक्राउ परेका थिए भने अर्काको घरमा बन्दुक भेटिएपछि पक्राउ गरिएको थियो । दुबै जनाबाट दुई–दुई थान बन्दुक फेला परी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।