जनता टाइम्स

४ कार्तिक २०७८, बिहीबार १९:१३

प्रचण्डको गृहजिल्ला चितवनमा एमाले महाधिवेशन, बादलको नेतृत्वमा बन्यो मूल व्यवस्थापन समिति


काठमाडौं, कात्तिक ४ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको गृहजिल्ला चितवनमा हुने भएको छ । आज बसेको एमाले स्थायी कमिटी बैठकले यसअघि बुटवलमा हुने भनिएको महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।

बैठकले महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन गरेको छ । माओवादी अध्यक्ष प्रचण्डलाई चितवनबाट आगामी चुनाव हराएर देखाउनका लागि एमालेले उहाँकै गृहजिल्ला चितवनमा महाधिवेशन गर्ने स्थान तय गरेको हो । अर्को बैठक शुक्रबार दिउँसो २ बजे फेरि बस्ने छ ।