तीर्थ भट्टराई
मानिस सामाजिक प्राणिका साथै चेतनशिल प्राणिका रुपमा समाजमा स्थापित छ । मानिसको जन्मदेखि मृत्युसम्मको अवधिलाई नियाल्ने हो भने उसको उमेर अनुसारको ब्यवहारमा फरक पर्दछ । बालपन, युवा अवस्था अनि वयश्क अवस्थामा मान्छेका फरक–फरक स्वभावहरु हुने गर्दछन । बिशेषगरी युवा अवस्थालाइै हाम्रो गरिखाने उमेर भनिन्छ । जुन उमेरमा हामी आफ्ना लागि सोच्छौं, परिवारको भविश्यको लागि सोच्छौं र देशको भविश्यको लागि पनि सोच्छौं । यही उमेरमा काम गर्ने जोश, जाँगर र ज्ञानको खानी रहने सबैको बुझाइ छ । तर एउटा अनौठो प्रसङ्ग छ, मान्छेले झट्ट सुन्दा वा कसैले भन्दा केही मान्छेले अलि नपत्याउने जस्तो यथार्थ पनि लुकेको छ । त्यसैमा पर्नुहुन्छ हाम्रो देशका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ।
उमेरले ६८ बर्षमा दौडिरहनु भएका प्रधानमन्त्री ओली हाल देशको कार्यकारी प्रमुखको रुपमा हुनुहुन्छ । दुइतिहाइ जनमत प्राप्त नेपाली इतिहासकै शक्तिशाली सरकार गठन गरी उहाँ समृद्ध नेपाल ः सुखी नेपाली को लक्ष्य लिएर अघि बढनुभएको छ । काममा जुट्नुभएको छ । सबै जनताको अपार माया अनि धेरै ठूलो समृद्धिको सपनालाई साकार पार्न ठोश योजनाहरुका साथ प्रधानमन्त्री ओलीको रफ्तार अघि बढिरहेको छ । जनताले पटक–पटक देशका नेताहरुबाट धोका खाइसकेका छन । तर यस पटकको सरकारले जनतालाई खुसी तुल्याउछ र भावी सन्ततिले गर्व गर्न लायकको परिस्थिति बनाउछ भन्ने संकल्प लिएर नै प्रधानमन्त्री ओली अघि बढनुभएको छ ।
त्यही लक्ष्य प्राप्तीका लागि आफ्नो स्वास्थ्यसँग लड्दै दिनको १८ घन्टा जनताको काम, अनुगमन अनि विकाश निर्माणका अन्य एजेन्डाहरुमा छलफल गरेरै बिताइरहनु भएको छ । मान्छे पढेर भन्दा परेर बढी अनुभवी बन्दछ भन्ने तथ्यलाई पनि उहाँले स्थापित गर्नुभएको छ । अर्थात प्रमाणपत्र नलिनेहरु पनि अध्ययनमा अब्बल हुन्छन भन्ने तथ्यलाई उहाँले स्थापित गर्नुभएको छ । हाम्रा प्रधानमन्त्री ओलीको औपचारिक पढाइको सर्टिफिकेट त्यति धेरै वजनदार नहोला तर उहाँको अनुभव, अध्ययन, ज्ञानको सीमा अनि भोगाइ अदभूत रहेको छ । पढेर विद्वान कहलिने मान्छेहरुको क्षमता, ज्ञान र अनुभव भन्दा उहाँमा रहेको भिजन क्षमता धेरै गुणा बढी छ । वजनदार पनि छ ।
करिब ३ बर्ष अघि उहाँ पहिलो पटक प्रधानमन्त्री हुँदा देशको समृद्धि अनि जनताको हितको लागि ल्याइएका भिजनहरु ऐतिहासिक थिए । केही मान्छेहरुले उहाँका भिजनहरुलाई सडकमा रमिता देखाउने माध्यम बनाए । केही समयपछिको चुनाबमा त्यही कुरालाई आफ्नो चुनावी घोषणापत्रमा समेत समावेश गरे । तर तिनिहरुलाई जनताले पत्याएनन किनकी पटक पटक शासनसत्ता सन्चालन गरेर देशलाइ कङ्गाल बनाएका थिए ती जमातले । प्रधानमन्त्री ओलीले देश विकास गर्ने सोही एजेन्डाहरुले गएको चुनावमा पार्टीले दुइतिहाइ नजिकको जनमत प्राप्त गर्यो । सोही एजेन्डालाई कार्यान्वयन गर्न हाल उही राजनेता ओलीको नेतृत्वको सरकारले काम गरिरहेको छ ।
विश्व इतिहास र बिकाशको खाकालाई अध्ययन गर्ने हो भने हाम्रा प्रधानमन्त्री ओली जस्तै साहसी, भिजनदार नेताको त्याग र तपस्याले नै विश्व बदलिएको छ । युरोप, अमेरिका, जापान, सिङ्गापुर, खाडी मुलुकहरु र हाम्रै मित्रराष्ट्रहरुको इतिहास पल्टाउने हो भने उहाँ जस्तै भिजन भएका त्यहाका नेताले बिकाशको चमत्कार गरेको पाइन्छ । अहिलेसम्मको काम र दृढता अनि क्षमता हेर्दा प्रधानमन्त्री ओली सामान्य मान्छे तर असाधारण क्षमता भएका एक कुसल राजनेता र देशको अभिभावक हुनुहुन्छ । देशको स्वाभिमान र जनता भन्दा ठूलो अरु केही छैन भन्ने उहाँको अडान छ । त्यही मान्यतालाई ब्यवहारमा पनि देखाउनुभएको छ । पार्टीभित्रै होस वा बाहिर बिरोधी वा प्रतिपक्षीले उहाँको सरल जीवनको कहिलेकाही मजाक उडाउने गरेका छन । तर उनीहरु आफै जनताको नजरमा गिरिरहेका छन ।
ती रोदनलाई सवैले बुझेका छन । मजाक गर्नेहरुबाट भएका गतिबिधि प्रधानमन्त्री ओलीले देश र जनताका लागि गरिरहनु भएको त्यागप्रतिको प्रहार हो भन्ने आम जनताको बुझाइ छ । सरल भाषामा जनतालाई हरेक कुराहरु बुझाउन सक्ने उहाको क्षमतालाई उखान टुक्काको संज्ञा दिने प्रतिपक्षीको व्यवहार अमानवीय देखिन्छ । उहाँको ज्ञान, भिजनको फलस्वरूप नै देशले आज बिकाशमा नयाँ गति दिएको छ । देशमा अनेकौ संभावनाहरुले ढक्ढक्याइरहेको छ । विश्व राजनीतिले नेपाललाई सम्मानका साथ हेरिरहेको छ । यो हुनुमा देशको कार्यकारी प्रमुखको भुमिका प्रमुख हुन्छ । जसको नीति, उसैको नेतृत्व भन्ने भनाइलाई आत्मसाथ गर्ने हो भने प्रधानमन्त्री ओलीको भोगाइ, जीवनभरको अनुभवले सार्थकता पाउने समय छ यतिबेला ।
उमेरले बुढेसकालमा दौडिरहनु भएका प्रधानमन्त्री ओलीको उर्जा कुनै युवाको भन्दा कम छैन । दैनिक बिहान ६÷७ बजेबाट रातिको १÷२ बजेसम्म देश र जनताकै काममा ब्यस्त हुनुहुन्छ । दैनिकका राजनैतिक कुटनैतिक भेटघाट, विभिन्न कार्यक्रमहरु एवं योजनाहरुमा छलफल, तयारी जस्ता अत्यावश्यक देश निर्माणका एजेन्डाहरुमा समय बिताउनु भएको छ । यी सवै बिषयमा उहाँको गहिरो ज्ञान छ । एकपटक भेटेको मान्छे वा एकपटक कसैले भनेको कुरालाई उहाँले कहिल्यै बिर्सिनु हुदैन । त्यही कुरा वा मान्छे एक/दुई बर्षपछि आयो भने उहाले बिर्सिनुभएको हुँदैन । देशको बिकाश, विभिन्न योजनाको लागि उहाँले अध्ययन पनि गर्नुहुन्छ र सोही अध्ययनको आधारमा हरेक कुराको सही सवाल जवाफ अनि तर्क प्रस्तुत गर्नुहुन्छ ।
पार्टीभित्र वा बाहिर रहेका ओलीलाई असफल बनाउने योजनाकारहरुले अव यो तथ्यलाई बुझ्न ढिलाई गर्नुहुन्न । ओली असफल पार्न अघि बढेका कदमहरुले यो तथ्य बुझेनन भने आफ्नो काल बोलाए सरह हुनेछ । समयमै हेक्का राख्दा नै राम्रो हुनेछ । जनताकै बलमा तोडिने छन ओलीलाई असफल पार्न खडा गरिएका पर्खालहरु
प्रधानमन्त्री ओलीका यी गुणहरुलाई हेर्दा देशले शाश्वत इश्वर पाएको अनुभुती हुन्छ । देशले यतिबेला साँच्चीकै विकाशको भिजन, ज्ञान अनि अदभूत स्मरण शक्तिको खानी पाएको छ । यही समयमा जनता जागरुक भै उहालाई साथ दिएर अघि बढे नेपालको मुहार फेरिन समय लाग्ने थिएन कि भन्ने आम जनताको बुझाइ छ । यो बुझाइ अव बिस्तारै सवैको दिल र दिमागमा पुगेको छ । सरकारको नेतृत्व गरिरहँदा प्धानमन्त्री ओलीमाथि भएका हमलालाई जनस्तरबाटै बिस्तारै प्रतिवाद सुरु भएको छ । ओलीलाई काम गर्न देऊ भन्ने भावना देशभर फैलन थालेको छ । पार्टीभित्र वा बाहिर रहेका ओलीलाई असफल बनाउने योजनाकारहरुले अव यो तथ्यलाई बुझ्न ढिलाई गर्नुहुन्न । ओली असफल पार्न अघि बढेका कदमहरुले यो तथ्य बुझेनन भने आफ्नो काल बोलाए सरह हुनेछ । समयमै हेक्का राख्दा नै राम्रो हुनेछ । जनताकै बलमा तोडिने छन ओलीलाई असफल पार्न खडा गरिएका पर्खालहरु ।
प्रतिक्रिया दिनुहोस्