जनता टाइम्स

५ कार्तिक २०७८, शुक्रबार १५:२५

गृहमन्त्री खाणको निर्देशन : कसैले कसैलाई ‘तँ’ नभन्नु, सम्मानार्थी’ शब्दको प्रयोग गर्नु


काठमाडौं, कात्तिक ५ । प्रहरी, सशस्त्र र अनुसन्धानमा बोलीचालीमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्नुपर्ने भएको छ । गृह मन्त्री बालकृष्ण खाणले तीन वटै सुरक्षा निकायलाई सङ्गठनको बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिनुभएको हो ।

गृह मन्त्रीको निर्देशनअनुसार अबदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्नुपर्ने भएको नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

गृह मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआईजी पोखरेललगायत सहभागी हुनुहुन्थ्यो । अब सङ्गठनमा कसैले कसैलाई ‘तँ’ भन्न मिल्दैन ।