जनता टाइम्स

५ कार्तिक २०७८, शुक्रबार १६:०२

चितवन एमालेमा मिल्यो बिवाद, कृष्णभक्त र पार्वतीबीच यसरी जुट्यो सहमति



चितवन, कात्तिक ५ । नेकपा एमाले चितवनको जिल्ला अध्यक्षको विवाद अन्त्य भएको छ । बिहीवार बसेको जिल्ला अधिवेशन आयोजक समितिको तेस्रो बैठकले नेतृत्वको बिवाद समाधान गरेको हो ।

आफ्ना उत्तराधिकारीका रुपमा पार्वती रावललाई अध्यक्ष छाडन तयार हुनुभएपछि बिवाद मिलेको हो । बैठकमा निवर्तमान अध्यक्ष पोखरेलले पार्टीलाई एकतावद्ध बनाउँदै बिपक्षी गठबन्धनबिरुद्ध शसक्त रुपमा उतार्नका लागि दावी छाडनु भएपछि बिवादको समाधान आएको हो ।

बैठकमा माधव नेपाल पक्षका नेताहरु नेकपा एमालेमै रहने गरी गरिएको १० बुँदे सहमतिमा पार्टी कमिटी २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने उल्लेख थियो । तर सो सहमति कार्यान्वयनको सन्दर्भमा चितवनमा विवाद देखिएको थियो । २०७५ जेठ २ को अवस्थामा फर्किदा चितवनको एमाले अध्यक्ष क्षेत्र नं २ का सांसदसमेत रहनुभएका पोखरेलले पार्वती रावललाई छाडने बताउनु भएपछि बिवाद मिलेको हो ।