जनता टाइम्स

५ कार्तिक २०७८, शुक्रबार १६:४४

प्रचण्डको असली रुप देखियो, सिंगो देश शोकमा डुब्दा यसरी मनाए उत्सव (फोटोफिचर)


काठमाडौं, कात्तिक ५ । मुलुक यतिबेला बाढी पहिरो र डुवानको पीडामा छ । एक सय भन्दा बढी नागरिकले ज्यान गुमाइसकेका छन । दर्जनौं बेपत्ता छन । तर सत्तारुढ दलका मुख्य हर्ताकर्ता मानिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने मुलुकले ठूलै युद्ध जिते जसरी उत्साह मनाइरहनु भएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड बिहीवार सिन्धुपाल्चोकको सुकुटे पुगेर र्याफ्टिङमा रमाउँदै उत्सव मनाउनु भयो । आज भने काभ्रेमा आएर जिपलाइनमा रमाउनु भयो । प्रचण्डकै सचिवालयका सदस्यले सामाजिक सञ्जालमा राखेको तस्विरले पनि उहाँले उत्सव मनाएको प्रष्टै देखिन्छ । मुलुकमा भएको बाढी पहिरो र डुवानका कारण ठूलो जनधनको क्षती बेहोर्दै सिंगो मुलुक शोक मनाइ रहँदा सत्तारुढ दलकै प्रमुख नेता यसरी मनोरञ्जनमा रमाएपछि उहाँको क्रुरताको असली मुहार बाहिर आएको टिप्पणी सामाजिक सञ्जालमा भइरहेको छ ।