जनता टाइम्स

५ कार्तिक २०७८, शुक्रबार १६:४७

एमाले सचिव योगेश भट्टराई अस्पताल भर्ना, सात दिन भेटघाट बन्द


काठमाडौं, ५ कात्तिक । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना हुनुभएको छ ।

बिरामी भएर केही दिनदेखि घरमै आराम गरिरहे पनि ज्वरो नघटेपछि आज उहाँ वीर अस्पताल भर्ना हुनुभएको हो । अस्पताल भर्ना भएपछि चिकित्सकको सल्लाहअनुसार सात दिनका लागि भेटघाट बन्द गरिएको छ ।