जनता टाइम्स

५ कार्तिक २०७८, शुक्रबार २०:३५

बादल नेतृत्वको एमाले महाधिवेशन मुल ब्यवस्थापन समितिले पायो पूर्णता, सुरेन्द्र पाण्डे सहकमाण्डर (सूचीसहित)


काठमाडौं, कात्तिक ५ । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको छ । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार आजको बैठकले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिवमा स्थायी कमिटीकै सदस्य विष्णु रिमाल चयन गरिएको छ ।

एमालेको दशौं महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुँदैछ । एमाले प्रवक्ता ज्ञवालीका अनुसार बैठकले मूल व्यवस्थापन समितिमा स्थायी कमिटीका केही नेतासहित सातै प्रदेशबाट एक एकजना प्रतिनिधि थपेर पूर्णता दिएको हो । समितिमा सचिवद्धय पृथ्वीसुब्बा गुरुङ र योगेश भट्टराईसहित स्थायी कमिटी सदस्य रघुवीर महासेठ, छबिलाल विश्वकर्मालाई थपिएको छ ।

यस्तै काशिनाथ अधिकारी, भानुक्त ढकाल, यमलाल कँडेल, डा. राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्दप्रसाद पोखरेल, लिला गिरी, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल र दिपक देवकोटा सदस्य रहनुभएको छ । प्रवक्ता ज्ञवालीका अनुसार एक सदस्य पछि थप्ने निर्णय बैठकले गरेको छ । बिहीवारको बैठकले बादलको नेतृत्वमा २१ सदस्यीय महाधिवेशन मुल ब्यवस्थापन कमिटी गठन गरेको थियो ।