काठमाडौं, कात्तिक ५ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जिवितै पत्रकारलाई बिज्ञप्ती नै जारी गरेर समवेदना दिनुभएको छ । सिरहाको लाहान नगरपालिका निवासी बरिष्ठ पत्रकार रामानन्द गुप्ताको निधन भएको भन्दै मुख्यमन्त्री राउतले समवेदना दिनुभएको हो ।
नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको हाल बिराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । सोही अस्पतालले जिवित रहने संभावना नभएको भन्दै परिवारलाई बुझाएपछि लाहानस्थित निवासमा ल्याउँदा उहाँ बोल्नुका साथै उठन खोज्नुभएको थियो ।
पत्रकार गुप्ता बोल्नुभएपछि तत्कालै उपचारका लागि पुनः अस्पताल पठाइएको हो । तर प्रदेश सरकारका मुख्यमन्त्रीले नै जिवितै मान्छेलाई समवेदना दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्