जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार ०८:०७

प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना


काठमाडौं, कात्तिक ६ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि पानी पर्ने संभावना भने यथावत रहेको औल्याएको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हो ।
महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका एक९दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आइतबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।