जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार १५:३१

पोखरा- १४ मा माओवादीका प्रभावशाली नेता सवै एमालेमा समाहित


पोखरा, कात्तिक ६ । पोखरा महानगरपालिका वडा नम्बर १४ का माओवादी केन्द्रका प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरेका छन ।

आज आयोजित वडा अधिवेशनको उदघाटन सत्रमा माओवादीका सो वडाका प्रभावशाली नेताहरु एमालेमा प्रवेश गर्नुभएको हो । एमाले नेता खगराज अधिकारीका अनुसार माओवादी केन्द्र छाडेर १४ जना युवा नेताहरु एमालेमा समाहित हुनुभएको हो ।