जनता टाइम्स

९ असार २०७६, सोमबार १९:२९

स्थापना दिवस होस त यातायात मजदुरको जस्तो : एकै दिन भयो एक हजार प्रिन्ट रगत संकलन


काठमाडौं, असार ९

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आफ्नो स्थापना दिवसमा १ हजार १२ प्रिन्ट रगत संकलन गरेको छ । आफ्नो ४० औं स्थापना दिवसको अबसर पारेर आज देशभर आयोजना गरेको रक्तदान कार्यक्रममा १ हजार १२ पिन्ट रगत संकलन भएको हो ।

अध्यक्ष भीम ज्वाला राईका अनुसार सबैभन्दा धेरै संगठन १ नम्बर प्रदेश कमिटीले ३ सय ४४ पिन्ट ब्लड संकलन गरेको छ । यसैगरी २ नम्बर प्रदेशले ५० पिन्ट, ३ नम्बर प्रदेश कमिटीले २ सय ९९ पिन्ट, गण्डकी प्रदेशले ९२ पिन्ट, ५ नम्बर प्रदेशले १ सय ४४ पिन्ट र सुदुरपश्चिम प्रदेशले ८३ पिन्ट रगत संकलन गरेको छ ।

स्थापना दिवसको अवसरमा आज धरान, विराटनगर, चारआली, दमक, विर्तामोड, ईटहरी, त्रियुगालगायत देशभर रक्तदान आयोजना गरिएको थियो । त्यस्तै जनकपुर, रौतहट, लगनखेल, चितवन, हेटौडा, धुलिखेल, सिन्धुली, पोखरा, स्कुल इकाई, बुटवल, वर्दघाट, घोराही, तुलसीपुर, धनगढी र भीमदत्त नगरमा रक्तदान गरिएको थियो ।

स्थापना दिवसकै अवसरमा असार ७ गते देशभरका ५१ वसपार्कमा सरसफाइ गरिएको थियो । यस्तै बुटवल र चन्द्रनिगाहपुरमा स्वास्थ्य परिक्षण र गण्डकीले विधार्थी, अग्रज नेता सम्मान र ६० वर्ष उमेर पुरा गरेका संगठनका सदस्य चालकलाई निवृत्तिभरण राहत उपलब्ध गराएको थियो ।