जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार १७:०२

इन्द्रावती गाउँपालिका उपाध्यक्षको निधन


काठमाडौं, कात्तिक ६ । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका उपाध्यक्ष मिरा अधिकारी लामाको निधन भएको छ। ब्लड क्यान्सरबाट पीडित उहाँको उपचारको क्रममा आज अस्पतालमा निधन भएको हो । ५१ वर्षीया लामा लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

पछिल्लो तीन सातायता उहाँको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल टिचिङमा उपचार हुँदै थियो।२०७४ को स्थानीय तह निर्वाचनमा उहाँ नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित हुनुभएको थियो । लोकतान्त्रिक आन्दोलनमा सक्रिय उहाँ सिन्धुपाल्चोक कांग्रेससभापति विकास लामाकी धर्मपत्नि समेत हुन्। लामाका तीन छोरी छन्।