इटहरी, कार्तिक ७ । नेकपा (एमाले)को वडा अधिवेसनबाट इटहरीको एउटा वडामा २७ वर्षे युवाले वडाध्यक्षको जिम्मेबारी पाउनुभएको छ । यो वडामा सुनील कार्की सर्वसम्मत रुपमा वडाध्यक्ष बन्नुभएको हो । उहाँ नेकपा एक हुँदा वडा सचिव थिए भने एमाले र माओवादी विभाजनपछि एमालेबाट कार्यवाहक वडा अध्यक्षको जिम्मेबारीमा रहनुभएको थियो े। इटहरीको चर्चित बगैंचा टोल विकास संस्थाको अध्यक्ष हुँदा लोकप्रिय भएका कार्की सामाजिक कामसँगै राजनीतिमा प्रवेश गर्नुभएको हो । उहाँ इटहरीमा वडा अध्यक्ष हुने सबैभन्दा कान्छा हुनुहुन्छ ।इटहरीको यो वडामा स्थानीय चुनावमा पनि एमालेले प्यानलै जितेको थियो । यो वडाको प्रभाव एमाले इटहरीमा पनि धेरै छ । इटहरीका प्रदेश सांसद सर्वध्वज साँवा, इटहरी उपमहानगरपालिका उपप्रमुख लक्ष्मी गौतम लगायतका नेताहरुको गृह वडा हो यो ।इटहरीमा शनिबार भएको वडा अधिवेशनबाट २२ मध्ये २० वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । वडा नम्बर १९ मा महिला अध्यक्ष यमकला राई चुनिएकी छन् । दुई वडा (५ र ७) मा भने आइतबार मात्र नेतृत्व चयन हुने एमाले इटहरीका नेता जिबी गजलले जानकारी दिनुभयो । स्थानीय सरकारका २० वडा बाहेक एमालेको संरचनामा इटहरीमा थप दुई वडा छन् । त्यसैले संख्या २२ पुगेको हो ।
यी हुन सर्वसम्मत भएका २० वडा अध्यक्षहरुः
वडा नं. १ दुर्गा तिम्सिना
वडा नं. २ लोचन पौडेल
वडा नं. ३ विनोद न्यौपाने
वडा नं. ४ सुनील कार्की
वडा नं. ६ योगेन्द्र ढकाल
वडा नं. ८ देबेन्द्र प्याकुरेल
वडा नं. ९ कपिल घिमिरे
वडा नं. १० अब्देश चौधरी
वडा नं. ११ केशव कोइराला
वडा नं. १२ कमल कार्की
वडा नं. १३ नयन्द्र बस्नेत
वडा नं. १४ रामेश्वर चौधरी
वडा नं. १५ लालुप्रसाद चौधरी
वडा नं. १६ तेजनारायण चौधरी
वडा नं. १७ पदम संजेल
वडा नं. १८ खेमराज अधिकारी
वडा नं. १९ यमकला राई
वडा नं. २० हरि खतिवडा
वडा नं. २१ भवनाथ घिमिरे
वडा नं. २२ ढुंडीराज गुरगाईं













प्रतिक्रिया दिनुहोस्