जनता टाइम्स

७ कार्तिक २०७८, आईतवार ११:५६

एमाले अध्यक्ष ओलीले सिटौलालाई कांग्रेसको खबर के छ भनेपछि …



काठमाडौं, ७ कार्तिक । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको त्रिभूवन विमानस्थलमा जम्काभेट भएको छ ।
विमानस्थलको अतिविशिष्ट कक्षमा आज बिहान भेट हुनेवित्तिकै अध्यक्ष ओलीले सिटौलालाई भन्नुभयो, ‘कांग्रेसको खबर के छ ?’

दुई नेताबीच एमालेको वडा अधिवेशनलगायतका विषयमा कुराकानी भएको थियो ।सिटौला अध्यक्ष ओलीभन्दा अगाडि पुग्नुभएको थियो । उहाँ प्रवेश गर्नेवित्तिकै उठेर सिटौलाले भन्नुभयो, ‘तपाईंलाई स्वागत गर्न बसेको ।

’विशिष्ट कक्षमा एमाले नेता लेखराज भट्टलगायत हुनुहुन्छ ।अध्यक्ष ओली पार्टी कार्यक्रमका लागि झापा जाने तयारी गर्नुभएको हो । सिटौला पनि झापाको जहाज पर्खेर बस्नुभएको थियो ।