जनता टाइम्स

७ कार्तिक २०७८, आईतवार १६:२८

प्रचण्ड र बाबुराम कम्युनिष्ट होइनन, उनीहरुप्रतिको मेरो भ्रम टुट्यो : दुर्गा प्रसाईं


झापा, कात्तिक ७ । बीएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जससा केन्द्रीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईप्रतिको आफ्नो भ्रम टुटेको बताउनुभएको छ । झापामा एमालेले आज आयोजनाको गरेको वृहत् पार्टी प्रवेश कार्यक्रममा प्रसाईंले यस्तो घोषणा गर्नुभएको हो ।

‘आफ्नै टाउको मूल्य तोक्नेसँग सत्ताको गठजोड गर्नेहरूबाट राजनीति अघि बढ्न सक्दैन । देउवाले ५० लाखको टाउको तोकेको र आज तिनै देउवाको पाउमा पुग्ने प्रचण्ड र बाबुरामप्रतिको मेरो भ्रम टुट्यो,’ प्रसाईंले भन्नुभयो ।

प्रचण्ड र भट्टराईलाई माओको नाम लिने अधिकार नरहेको र उनीहहरूलाई कम्युनिस्ट भन्न लाज लाग्नुपर्ने पनि उहाँले बताउनुभयो । ‘प्रचण्ड र बाबुरामलाई अव माओको नाम लिने अधिकार छैन, उनीहहरूलाई कम्युनिस्ट भन्न पनि लाज लाग्नुपर्ने हो,’ प्रसाईंले भन्नुभयो ।