काभ्रे, ७ कार्तिक । नेकपा एमाले काभ्रेको एक सय भन्दा धेरै वडामा अधिवेशन सम्पन्न भएको छ । शनिवार काभ्रेका ६ नगर र ७ गाउँपालिकाका १ सय ३५ वडा मध्ये एक सय वडामा वडा अधिवेशन सकिएको नेकपा एमाले काभ्रेका सचिव नारायण पाण्डेले बताउनुभयो ।
आइतवार बाँकी रहेका अन्य वडाहरुमा पनि अधिवेश सम्पन्न भएको छ । पाण्डेका अनुसार नगर र शहरी क्षेत्रका वडाहरुमा वडा अधिवेशन सम्पन्न भएको तथा केहि गाउँपालिका र अन्य केहि वडामा अधिवेशन हुन बाँकी रहेको छ । बनेपा, धुलिखेल, मण्डनदेउपुर र पनौती नगरपालिकाका सबै वडा अधिवेशन सकिएको छ । पाँचखाल नगरपालिकाको वडा नम्बर ४ बाहेक सबै वडा अधिवेशन सकिएको छ । नमोबुद्ध नगरपालिकाको १२ नम्बर वडामा अधिवेशन हुन बाँकी छ ।
७ वटा गाउँपालिका मध्ये भुम्लु गाउँपालिकाको १० र तेमाल गाउँपालिकाको ९ वटै वडामा अधिवेशन सकिएको छ । चौरीदेउराली गाउँपालिकाको वडा नम्बर ९ बाहेक अन्य सबै वडामा सकिएको छ ।
रोशी गाउँपालिकाको १२ वटा वडा मध्ये ३, ४, ८, १० र १२ नम्बर वडामा अधिवेशन हुन बाँकी छ । बेथानचोक गाउँपालिकाको ६ वटा वडा मध्ये १ र ३ मा मात्रै वडा अविेशन सकिएको छ भने अरु वटा वडामा अधिवेशन बाँकी छ । खानीखोला कुन पनि वडा अधिवेशन नभएको नेकपा एमाले काभ्रेले जनाएको छ । बाकि रहेको वडाहरुमा छिटै अधिवेश हुने एमाले काँभ्रेले जनाएको छ ।
















प्रतिक्रिया दिनुहोस्