जनता टाइम्स

८ कार्तिक २०७८, सोमबार ०७:५४

आफ्नै टाउको मूल्य तोक्नेसँग सत्ताको गठजोड गर्नेहरूबाट राजनीति अघि बढ्न सक्दैन : दुर्गा प्रसाई


झापा, कार्तिक ८ । बीएन्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जससा केन्द्रीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईप्रतिको भ्रम टुटेको बताउनुभयो ।

झापामा आइतबार एमालेले आयोजनाको गरेको पार्टी प्रवेश कार्यक्रममा प्रसाईले भन्नुभयो, ‘आफ्नै टाउको मूल्य तोक्नेसँग सत्ताको गठजोड गर्नेहरूबाट राजनीति अघि बढ्न सक्दैन ।

देउवाले ५० लाखको टाउको मूल्य तोकेको र आज तिनै देउवाको पाउमा पुग्ने प्रचण्ड र बाबुरामप्रतिको मेरो भ्रम टुट्यो ।’ प्रचण्ड र भट्टराईलाई माओको नाम लिने अधिकार नरहेको बताउदै उहाँले उनीहहरूलाई कम्युनिस्ट भन्न लाज लाग्नुपर्ने टिप्पणी गर्नुभयो ।