काठमाडौं, कात्तिक ८ । नेकपा एमाले काठमाडौँ महानगर कमिटीले नवनिर्वाचित ३२ वटै वडाका अध्यक्षहरुलाई सम्मान गरेको छ । अधिवेशनबाट निर्वाचित भएलगत्तै एमालेले सम्मान गरेको हो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सह इन्चार्ज कृष्ण गोपाल श्रेष्ठले मूलुकको वर्तमान नेताहरुमा अध्यक्ष केपी शर्मा ओलीको तुलना कुनै नेतासँग नहुने बताउँदै एमालेको भावी अध्यक्षमा ओली नै हुने बताउनु भयो । उहाँले आगामी निर्वाचनमा नेकपा एमालेले कुनैपनि दलसँग चुनावी तालमेल नगर्ने घोषणा गर्दै एमाले एक्लैले बहुमत ल्याउनेमा ध्यान दिन नवनिर्वाचित अध्यक्षहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले निर्वाचित नयाँ कमिटीहरुलाई बधाई ज्ञापन गर्दै विगतको ठूला कमिटीमा जिम्मेवारी दिइएका व्यक्तिहरुलाई अहिले सानो कमिटी बन्दा अटाउन नसकिने हुँदा वहाँहरुको व्यवस्थापनको लागि पार्टी नेताहरुले ध्यान पुर्याउनु पर्ने बताउनु भयो ।नेकपा एमालेका केन्द्रीय सदस्य तथा महानगर इन्चार्ज नारायण सिलवालले ३२ वटै वडामा सफलतापूर्वक सम्पन्न भएको वडा अधिवेसनहरुले नेकपा एमालेलाई आधारभूत तहमा सशक्त बनाउन भूमिका खेलेको बताउनु भयो ।
यी हुन ३२ वडाका अध्यक्ष
वडा नं.१ अध्यक्ष– अशोक श्रेष्ठ
वडा नं.२ अध्यक्ष– राजेन्द्र श्रेष्ठ
वडा नं.३ अध्यक्ष– गोविन्द पोखरेल
वडा नं.४.अध्यक्ष– देवराज लामा
वडा नं.५.अध्यक्ष– विरेन्द्र प्रजापति
वडा नं.६.अध्यक्ष– वसन्त लामा
वडा नं.७.अध्यक्ष– दिपेन्द्र पुडासैनी
वडा नं.८. अध्यक्ष– कृष्णमान श्रेष्ठ
वडा नं.९.अध्यक्ष– श्रीराम राई
वडा नं.१०.अध्यक्ष– लक्ष्मी महर्जन
वडा नं.११.अध्यक्ष– योगेन्द्रमान श्रेष्ठ
वडा नं.१२.अध्यक्ष– विकास डंगोल
वडा नं.१३.अध्यक्ष– रामबाबु कोइराला
वडा नं.१४.अध्यक्ष– बिनोद थापा
वडा नं.१५.अध्यक्ष– धावा रुम्बा
वडा नं.१६.अध्यक्ष– पुष्प महर्जन
वडा नं.१७.अध्यक्ष– मचाराजा महर्जन
वडा नं.१८.अध्यक्ष– न्हुच्छे महर्जन
वडा नं.१९.अध्यक्ष– चन्द्रमान मुनिकार
वडा नं.२०.अध्यक्ष– हितकार ताम्राकार
वडा नं.२१.अध्यक्ष– उदय चुडामनी बज्राचार्य
वडा नं.२२.अध्यक्ष– चिनकाजी महर्जन
वडा नं.२३.अध्यक्ष– किया मानन्धर
वडा नं.२४.अध्यक्ष– रत्नकार बज्राचार्य
वडा नं.२५.अध्यक्ष– राजु श्रेष्ठ
वडा नं.२६.अध्यक्ष– शान्त महर्जन
वडा नं.२७.अध्यक्ष– नरेश महर्जन
वडा नं.२८.अध्यक्ष– विरेन्द्र महर्जन
वडा नं.२९.अध्यक्ष– शिवराम राजवंशी
वडा नं.३०.अध्यक्ष– अमृतमान सिंह प्रधान
वडा नं.३१.अध्यक्ष– हुमा आचार्य
वडा नं.३२.अध्यक्ष– राजेन्द्र न्यौपाने



















प्रतिक्रिया दिनुहोस्