जनता टाइम्स

८ कार्तिक २०७८, सोमबार १०:५९

प्रधानन्यायाधीश प्रकरणमा नेकपा एस भन्छ-अध्ययन गर्दैछौं


काठमाडौं, कात्तिक ८ । प्रधानन्यायाधीश चोलेन्द्र शमशरे जवरा प्रकरणमा सत्तारुढ नेकपा एस पनि मौन देखिएको छ । नेकपा एकीकृत समाजवादीका प्रवक्ता गजन्नथाथ खतिवडाले सो प्रकरणलाई पार्टीले नोटिसमा लिएको भन्दै मौनता साँध्नुभएको हो ।

सत्ता नेतृत्व कांग्रेसले भने यसबारे पार्टीले धारणा नराख्ने बताइसकेको छ । नेकपा एसका प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले ‘प्रधानन्यायाधीश प्रकरण नोटिसमा लिइएको र अध्ययन भइरहेको’ बताउनु भयो ।

‘यसबारे पार्टीमा छलफल गरेका छैनौ, तर विषयबस्तु नोटिसमा लिएका छौँ । अध्ययन गर्दैछौँ,’ खतिवडाले भन्नुभयो ।