जनता टाइम्स

८ कार्तिक २०७८, सोमबार ११:०६

१४ न्यायाधीशको ‘एक्सन’ पछि अन्योलमा नेपाल बार


काठमाडौं, कात्तिक ८ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १४ जना न्यायाधीशले ‘एक्सन’ लिएपछि नेपाल बार एसोसिएसन अन्योलमा परेको छ । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अव केहीबेरमा बस्ने बैठकले यसबारे निर्णय गर्ने जानकारी दिनुभयो ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको छलफलमा नेपाल बारले अहिले देखिएका सबै विवाद फुलकोर्टमा छलफल गर्ने, गोलप्रथाबाट पेसी तोक्ने प्रक्रिया सुरु गर्ने र वरिष्ठ अधिवक्ताको उपाधि वितरणको प्रक्रिया अघि बढाउने अलिखित सहमति गरेको थियो । तर, १४ जना न्यायाधीशहरूले फुलकोर्ट बहिष्कार गर्ने निर्णय गरेपछि बार अलमलमा परेको छ । फुलकोर्ट बस्ने नबस्ने पनि टुंगो छैन । सर्वोच्चका १४ न्यायाधीशहरूको बैठक पनि ११ बजे बस्दैछ ।

यस्तै, सर्वोच्च अदालत बारले न्यायलयमा देखिएको विवादका विषयमा छलफल गर्न बिहान ११ बजे बैठक राखेको सदस्य अनन्तप्रसाद भट्टराईले जानकारी दिनुभयो ।