१० असार २०७६, मंगलबार ००:००

कांग्रेसको औचित्य सकियो भन्दै चितवन तरुण दलका नेताले रोजे सत्तारुढ नेकपा


चितवन,  असार १०

नेपाली कांग्रेसलाई चितवनमा ठुलो झड्का लागेको छ । कांग्रेसको युवाहरुको संगठन तरुण दलका क्षेत्रीय सदस्यहरुसहित ठुलो सख्यामा युवाहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

मंगलबार विहान आयोजित एक कार्यक्रकका विच नेकपा अध्यक्ष पुष्पकमल दाहालले तरुण दलका क्षेत्रीय सदस्यहरू दीपक थापा, सन्तोष गुरूङ, जोखबहादुर श्रेष्ठ र चोके गुरूङ लगायतका सयौं युवाहरूलाई पार्टी प्रवेश गराउनु भएको हो । उनीहरु सबै पूर्वी चितवनमा कांग्रेसका सक्रिय कार्यकर्ता रहेका थिए ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले कांग्रेसबाट नेकपामा प्रवेश गरेका युवाहरुलाई स्वागत गर्नुभयो । ‘राजनीतिक एकताका लागि, जनताको समृद्धिको आकाक्षा पुरा गर्नका लागि हामीले देखेको सपना एउटा समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा गर्नका लागि नेकपासँग जोडिनुको विकल्प छैन’, अध्यक्ष प्रचण्डको भनाई थियो ।