काठमाडौं, ८ कार्तिक । काठमाडौंको अति व्यस्त सडक मानिने नयाँ बानेश्वरको सडकमा भ्वाङ परेको छ। बानेश्वरस्थित सिभिल अस्पताल र यातायात व्यवस्था विभाग अगाडिको सडकमा करिब ८ फिट गहिरो भ्वाङ देखिएको हो । सडकमा भ्वाङ परेपछि अहिले ट्राफिक प्रहरीले सो सडक खण्डमा घेरा हालेर राखेको छ। भ्वाङ के कारणले परेको हो भन्नेबारे केही जानकारी नभएको प्रहरीले जनाएको छ।
काठमाडौंको नयाँ बानेश्वरको सडकमा भ्वाङ परेपछि













प्रतिक्रिया दिनुहोस्