जनता टाइम्स

८ कार्तिक २०७८, सोमबार १८:५८

पार्वत गुरुङको गृहनगर गौरीशंकर बन्यो एमालेको पहिलो अधिवेशन गर्ने पालिका, ७५ सदस्यीय कमिटी चयन


दोलखा, कात्तिक ८ । नेकपा एमालेको अधिवेशन गर्ने पहिलो पालिका पूर्वसञ्चारमन्त्री पार्वत गुरुङको गृहनगर बनेको छ । दोलखाको गौरीशंकर गाउँपालिकामा नेकपा एमालेले तोकिएको भन्दा अघिल्लो दिन आज नै पालिका अधिवेशन समपन्न गरी नयाँ नेतृत्व चयन गरेको हो ।
एमाले केन्द्रीय सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङको गाउँपालिका गौरीशंकरमा आज नै अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ ।

गौरीशंकर गाउँपालिका वडा नम्बर ५ सुरीको गुरुम्फीमा आज भएको प्रथम अधिवेशनले जङ्ग गुरुङको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । कमिटीको उपाध्यक्षमा मिङ्गुर शेर्पा, सचिवमा देवराम बुढाथोकी र सहसचिवमा टिका खत्री केसी र प्रकाश कार्की रहनु भएको छ । नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई दोलखाका प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका पूर्वमन्त्री गुरुङ र एमाले जिल्ला कमिटी अध्यक्ष इश्वरचन्द्र पोखरेलले बधाइ दिनुभएको छ ।

यी हुन ९ ओटै वडाका पदाधिकारी

वडा नम्बर -१ जुँगु
अध्यक्ष कृष्ण बहादुर खड्का
उपाध्यक्ष ढाल बहादुर खत्री
सचिव इराज बस्नेत
सहसचिव सविन तामाङ सहित ३१ सदस्यीय वडा कमिटी

वडा नम्बर -२ जुँगु
अध्यक्ष राजाराम कार्की
उपाध्यक्ष दिल बहादुर जिरेल
सचिव रोशन खत्री
सहसचिव शिवराज बुढाथोकी र लक्ष्मी विक सहित ३१ सदस्यीय वडा कमिटी

वडा नम्बर – ३ झ्याकु
अध्यक्ष चक्र बहादुर खत्री
उपाध्यक्ष विष्णु खड्का
सचिब सोनाम छिरिङ शेर्पा
सहसचिव मीन बहादुर बस्नेत र कसन बहादुर पाण्डे
सहित ३१ सदस्यीय पडा कमिटी

वडा नम्बर – ४ झ्याकु
अध्यक्ष मीन कार्की
उपाध्यक्ष सुर्बहादुर बस्नेत
सचिव पासाङ दावा शेर्प
सहसचिव अर्जुन विक र रमेश नेपाली
सहित ३१ सदस्यीय वडा कमिटी

वडा नम्बर -५ सुरी
अध्यक्ष सुन्दर प्रकाश खड्का
उपाध्यक्ष इश्वरी कार्की
सचिव सुन्दर खड्का
सहसचिव सुवास सुरेल र आङदोर्जे लामा
३१ सदस्यीय वडा कमिटी

वडा नम्बर -६ चंखु
अध्यक्ष आङतेम्बा शेर्पा
उपाध्यक्ष कृष्ण बहादुर गुरुङ र पेमा याङडी शेर्पा
सचिव विमली शेर्पा
सहसचिव जित बहादुर तामाङ र सुन्दर विक
३१ सदस्यीय वडा कमिटी

वडा नम्बर -७ मार्बु
अध्यक्ष लाक्पा शेर्पा
उपाध्यक्ष युवक गुरुङ
सचिव बागबिर शेर्पा
उपसचिव प्रदिप मगर र ललित बहादुर खत्री सहित
३१ सदस्य वडा कमिटी

वडा नम्बर -८ खारे
अध्यक्ष उमेश गुरुङ
उपाध्यक्ष सिमरास तामाङ
सचिव सज्जन खड्का
सहसचिव दिनेश श्रेष्ठ र कुमार तामाङ
सहित ३१ सदस्यीय वडा कमिटी

वडा नम्बर ९- गौरीशंकर
अध्यक्ष मेघराज ठकुरी
उपाध्यक्ष बोलेन्द्र आचार्य
सचिव निश्चल शेर्पा
सहसचिव मिनछिरि शेर्पा र मेख तामाङ
सहित ३१ सदस्यीय वडा कमिटी